लगातार तेस्राे दिन घट्याे सेयर बजार

लगातार तेस्राे दिन घट्याे सेयर बजार

केन्द्रबिन्दु
0
Shares

साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१.९७ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा नेप्से परिसूचक १६.६७ अंकले घटेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

यसैगरी, नेप्से सुचकमा ८६ कम्पनीमा वृद्धि भएको छ । ११६ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ३६ लाख भन्दाबढीको कारोबार गरेको छ । 

एनआइसी एशिया बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले ३ करोड २८ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको हो । मंगलबार १३ उपसुचक मध्ये ७ कम्पनीमा उकालो लागेको छ  भने बाँकी सबै कम्पनी राताम्मै भएको छ । 

मंगलबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। यसैगरि सानिमा ग्रोथ फण्डको ८.९३ प्रतिशत, ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको ७.७३ प्रतिशत र न्यादि हाइड्रो पावरको ६.८४ प्रतिशतले सेयर कारोबार बढेको छ । 

Skip This
Skip This
Logo