पूर्वसभामुख दमननाथ ढंगानाले नेपाल अल्पविकसित मुलुक बनिरहनुको कारण शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु रहेको बताएका छन् ।
मंगलवार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै पूर्वसभामुख ढंगानाले यस्तो बताएका हुन् । उनले सार्वजनिक विद्यालयमा नतिजा राम्रो नहुनु र निजी विद्यालयमा मात्रै विद्यार्थीको आकर्षण बढ्नु भनेको सरकारले सामुदायिक विद्यालयहरुलाई हेर्ने नजरमा विकास हुन नसक्नु रहेको बताए ।
उनले अहिले पनि शिक्षा क्षेत्रमा सरकारको आवश्यक ध्यान जान नसकेको बताए । उनले देशको शिक्षा क्षेत्रलाई उठाउन नसके देश उठाउन नसक्ने बताए ।
पूर्वसभामुख ढुंगानाले देश विकास भनेकै समाज रुपान्तरण रहेको बताए ।































प्रतिक्रिया