राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उमेदवार रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा आज उनले स्पष्टीकरण बुझाउनु पर्नेछ। रविविरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल (सफल)ले उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् ।
रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको हो । बुधबार (आज) दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताएका छन् । पौडेलेको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने उनले बताए ।
रविविरुद्ध तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ। सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीनजना उमेदवारले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र अर्का स्वतन्त्र उम्मेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् ।































प्रतिक्रिया