नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौति गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन् ।
बुधवार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौति गर्नुपर्ने बताए ।
सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाई छ ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्न सक्नुपर्छ मैले मेरो सचिवालयको सदस्यबाट घटाएर सुरु गरेर, सम्माननीय राष्ट्रपतिले भन्न सक्नुपर्छ मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानूनले सुविधा दिएको छ । तर म पाँच जना मात्रै राख्छु । म ३ जना मात्र राख्छु । हेर्दा सामान्य कुरा देखिन्छ । अहिले हामी अफ्ठ्यारो अवस्थामा छौँ । जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले भन्न थाल्छ कि हामी अफ्ठ्यारोको बेलामा भएको हुनाले गर्दा हामी अत्यावश्यक बाहेकको खर्चलाई हामी कटौती गर्दैछौँ ।’ उनले भने ।
महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए । यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए ।































प्रतिक्रिया