परमिताको नयाँ गीत ‘अन्धकार’ बजारमा, हिम्मतका साथ जिउँन प्रेरणा (भिडियोसहित)

परमिताको नयाँ गीत ‘अन्धकार’ बजारमा, हिम्मतका साथ जिउँन प्रेरणा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कलाकार परमिता राणाको नयाँ गीत ‘अन्धकार’ सार्वजनिक गरिएको छ । राणाको पहिलो एल्वम् ‘क्वीन’ मा समावेश गीतमा उनकै स्वर तथा संगीतमा सुन्न सकिन्छ भने गीतलाई राणा स्वयंले लेखेकी हुन् ।

गीतमा शब्दमार्फत हरेक मानिसको जीवनमा आइपर्ने विभिन्न कठिन मोड अनि मानसिक पीडाहरू भूलेर अन्तिम समयसम्म हिम्मतका साथ जिउँन प्रेरित गरिएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा राणाकै अभिनय रहेको छ ।

गीत सार्वजनिकपछि कलाकार राणाले सामाजिक सञ्जालमार्फत पनि मानिसहरू हेरक विषयमा खुलेर बहस गर्न तयार रहेपनि मानसिक समस्याका बारेमा गौण रहने समस्याबाट मुक्त हुनुपर्ने धारणा राख्दै आफ्ना हरेक समस्याको समाधान खोज्न पछि पर्न नहुने बताएकी छन् ।

उनले, जीवनमा निकै नै मेहनतका साथ नयाँ गीत ‘अन्धकार’ तयार पारेको उल्लेख गर्दै, सार्वजनिक गीतले आफ्नै जीवनमा पनि निकै ऊर्जा दिएको र गीत सुन्ने र हेर्ने दर्शकले पनि ऊर्जा प्राप्त गर्नेमा आशावादी रहेको उल्लेख गरेकी छिन् ।

पिरो राणाको कम्पोजमा तयार रहेको गीतलाई सुजन जोसी राणाले निर्माण तथा छायांकन गरेका हुन् ।

गीतको भिडियो

 

Skip This
Skip This
Logo