नयाँ वर्षमा गोदरेजले ल्यायाे ‘क्यास ब्याक’ अफर

नयाँ वर्षमा गोदरेजले ल्यायाे ‘क्यास ब्याक’ अफर

केन्द्रबिन्दु
0
Shares

भारतको रेफ्रिजिरेटर ब्रान्ड गोदरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले गोदरेजको होम एप्लायन्सहरूको खरिदमा आकर्षक क्यासब्याक पाउने कम्पनीले जनाएकाे छ । उक्त योजना सीमित अवधिका लागि नेपालभर लागू हुने छ। 

ग्राहकहरूले हरेक गोदरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट पाइने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। 

गोदरेजका सामानहरूमा १० वर्षको कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको कम्पनीको भनाइ छ।

नेपालभर गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। कम्पनीका सिजी डिजिटल शोरूमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

Skip This
Skip This
Logo