रविलाई देवी ज्ञवालीको कटाक्ष- ‘आमालाई लात हानेर हिँड्ने छोरो छोरो हुँदैन’

रविलाई देवी ज्ञवालीको कटाक्ष- ‘आमालाई लात हानेर हिँड्ने छोरो छोरो हुँदैन’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देशको खाक्रो राष्ट्रवादको नारा लिएर चुनावमा उत्रिएको बताएका छन् । 

बुधवार चितवनको कालिकानगरमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सुविधा प्राप्तिका लागि अमेरिका गएर ऋण लागेपछि नेपाल आएर देशभक्त भन्न नपाइने बताएका छन् । आफ्नो देशलाई छाडेर गएका व्यक्तिले फेरि यो देशको सेवा गर्न आएको हुँ भनेर पत्याउन नसकिने उनले बताए ।

ज्ञवालीले भने,‘सुविधा प्राप्त गर्ने लहरमा अमेरिकाको सैनिक सेवामा निःशुल्क सेवा गर्छु, अमेरिकाका लागि परिआएमा जुनसुकै देशमा लड्छु भन्ने कागज गरेर देशलाई छाडेर अमेरिकी नागरिकता लिने राष्ट्रघाती सदनमा गएका मान्छेहरू त्यहाँ बस्न सकेनन्, मुद्दा लाग्ने स्थिति भयो । स्वदेश फर्किए र तिनीहरूले नानाथरी पाखण्डपूर्ण कुरा गर्दै हिँडेका छन् । देशको स्वार्थका लागि नागरिकता त्याग्ने अनि देशभक्त भन्ने ? देशभक्तले सुखका लागि नागरिकता त्याग्दैन, हामीले कसरी पत्याउने रवि लामिछाने देशभक्त हुन् ?,आमालाई लात हानेर हिँड्ने छोरो छोरो हुँदैन, हिजो देश बिर्सनेले फेरि बिर्सन सक्दैनन् भन्न सकिँदैन’।  

Logo