अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम

अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम भएका छन् ।  नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा तिलौराकोटदेखि लुम्बिनीसम्म भएको म्याराथनमा नेपाल प्रहरीका निरन खड्का द्वितीय र श्रीलंकाका अमिला सनाथ तृतीय भएका छन् ।

तिलौराकोटबाट लुम्बिनीको शान्ति दीपसम्मको ४२ किलोमिटर दुरीमा भएको दौड प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले बताए ।

म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद प्राप्त गरेका लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

Logo