नयाँ वर्षमा चन्द्रागिरि हिल्समा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट

नयाँ वर्षमा चन्द्रागिरि हिल्समा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
0
Shares

चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा आकर्षक छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिब, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । 

सो छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने कम्पनीले जनाएको छ । 

काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ ।

Skip This
Skip This
Logo