हिरो बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम) ले नयाँ वर्ष २०८० लाई लक्षित गरी अफर सार्वजनिक गरेको छ ।
बिहीबार एनजीएमले ‘यस २०८० सालमा चढ्नुहोस् हिरो स्टाइलमा’ नामक नयाँ वर्ष अफर सार्वजनिक गरेको हो। उक्त अफरमा ग्राहकले अधिकतम एक लाख रुपैयाँसम्मको छुट पाउने छन् । यस अफर योजनामा हिरोको कुनै पनि बाइक तथा स्कुटर खरिद गर्दा ७ हजार रुपैयाँ नगद छुट पाइने कम्पनीले जनाएको छ।
कम्पनीले डिस्काउन्ट स्क्र्याच कुपनको पनि व्यवस्था गरेको छ, जसमा बम्पर उपहारमा १ लाख रुपैयाँ जित्न सकिने बताइएको छ।
हिरोको बाइक तथा स्कुटर ग्राहकहरुले शून्य प्रतिशत डाउनपेमेन्टमा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले पुरानो बाइक एक्सचेन्ज गर्दा पनि ५ मिनेटमै साट्न सकिने सुविधा दिएको छ । यो अफर बैशाख १७ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया