नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिएका छन् । 

बिहीवार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । उनले सहकारी प्रतिको नागरिकमा विश्वास टुट्न नदिनु अहिलेको प्रमुख आवश्यकता रहेको बताए  ।

उनले ऐन कानून र सहकारी सिद्धान्त मूल्य,मान्यता अनुसार सञ्चालन गर्दा समस्यामा परेका सहकारीको समस्या समाधानमा सरकारले आवश्यक सहजिकरण गर्ने प्रतिवद्धता जनाए । उनले ऐन कानून विपरित सञ्चालन गरी काम गर्ने र सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजतालाई नियमन र नियन्त्रण गर्न नियामक निकायहरुलाई निर्देशन दिए । आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी उत्पादन संरक्षण र प्रवद्र्धन गर्ने सन्दर्भमा सहकारी अभियानसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भुमिका खेल्दै आएपनि पछिल्लो समय सहकारीको काम कारवाहीमा केही प्रश्न उठिरहेका बताउँदै अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको बताए । उनले मुलुकको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी अभियानलाई शसक्त रुपमा स्थापित गराउन सरकार आवश्यक पहल गर्न तयार रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले सहकारीले अपेक्षाअनरुप प्रमुख प्राथमिकताका क्षेत्र परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले विद्यमान सहकारीहरु क्रमशःउत्पादन सहकारी र श्रम सहकारीमा रुपान्तरण गरिनु आवश्यक रहेको बताए । सहकारी प्रतिको आशा र भरोसाको सुरक्षा गर्नुपर्ने दायित्व सबैको भएको उनले बताए ।  

Skip This
Skip This
Logo