सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्छः सांसद बडू

सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्छः सांसद बडू

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बडूले सरकारले न्युनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताए । उनले अब सरकारले पनि पूर्णता पाउने बताए । 

उनले सरकार आफ्नो नीति र कार्यक्रम अनुसार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्ने बताए । 

सांसद बडूले संघमा बन्ने कानूनहरु छिटोभन्दा छिटो बनाउनसके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्ग प्रशस्त हुने बताए । सरकारले कानून निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

Skip This
Skip This
Logo