सरकारले आज मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ता गर्दै

सरकारले आज मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ता गर्दै

केन्द्रबिन्दु
0
Shares

सरकारले शनिबार मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ता गर्ने तयारी गरेको छ। वार्ताको समय भने तय भइसकेको छैन। 

गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा बनेको पुरानै वार्ता टोली ब्युँताएर पीडितसँग वार्ता गर्न जिम्मेवारी दिएको थियो। मिटरब्याज पीडितले सल्लाह गरेर वार्ताको समय दिने बताएको वार्ता समितिका सदस्य रहेका उपसचिव दिलकुमार तामाङले जानकारी दिए।

गत शनिबार सरकारले मिटरब्याज पीडितको एक समूहसँग पाँचबुँदे सहमति गरेको थियो । सहमति अनुसार मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकारसम्पन्न आयोग बनाइसकेको छ। ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’ले पाँचबुँदे सहमतिले आफूहरूको तत्कालको समस्या समाधान नहुने भन्दै काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।

उनीहरूले मिटरब्याजीहरुले बनाएको जाली तमसुक खारेज गर्नुपर्ने र मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने मुख्य माग राखेका छन्।

Skip This
Skip This
Logo