वालेट कम्पनी ‘पे वेल’ले नयाँ वर्षको अबसरमा नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्नका लागि ‘क्यासब्याक’ नामक अफर सार्वजनिक गरेको हो ।
चैत्र २१ गतेदेखि लागु भएको उक्त अफरमा हवाई टिकट काट्दा ५ प्रतिशतसम्मको छुट, भ्वाइस वा डाटा प्याकमा ५ प्रतिशत, एनसिएल टपअप गर्दा २ प्रतिशत, भायनेटमा रिचार्ज गर्दा २ प्रतिशत र स्क्यार्च अथवा रिचार्ज गर्दा ७ प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । साथै बत्ती र पानीको बिल निशुल्क तिर्न सकिने कम्पनीले जनाएको छ ।
यसका साथै साे अफरमा सहभागी एकजना भाग्यशाली ग्राहकले एयर बड्स जिन्न सक्नेछन् । यो अफर चैत्र ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया