अध्यक्ष ओलीको टिप्पणीः मुलुक संकटमा हुँदा पनि प्रधानमन्त्री प्रशन्न चित्तमा छन्

अध्यक्ष ओलीको टिप्पणीः मुलुक संकटमा हुँदा पनि प्रधानमन्त्री प्रशन्न चित्तमा छन्

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गरेका छन् । 

अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षामात्रै गर्ने गरेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर बसिरहेको बताए । 

बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गरे  । उनले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरुलाई सचेत गराए । 

अध्यक्ष ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढन सरकारलाई सुझाव दिए । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो । 

अध्यक्ष ओलीले यतिबेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको बताए । उनले अनाआवश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउनेतर्फ सरकार लाग्नुपर्ने पनि पटकपटक दोहो-याए । 

अध्यक्ष ओलीले आर्थिक संकटको बेला सहकारीलाई विरोध गर्न नहुने तर्कसमेत गरे । 

Logo