टारोको नयाँ वर्ष अफरः मोटरसाइकल र स्कुटर किन्दा माउन्टेन फ्लाइटको सुविधा

टारोको नयाँ वर्ष अफरः मोटरसाइकल र स्कुटर किन्दा माउन्टेन फ्लाइटको सुविधा

केन्द्रबिन्दु
0
Shares

टारो ब्रान्डका मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।

‘टारोसँग अब माउन्टेन फ्लाइट, हरेक टारो बाइक र स्कुटर खरिद गरेर यस वर्ष राइड एन्ड फ्लाई’ नामक यस अफरअन्तर्गत ग्राहकले टारोका हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा माउन्टेन फ्लाइटको सुविधा  पाउनेछन् । साथै मोटरसाइकल खरिदपछि कम्पनीको तर्फबाट फुल इन्स्योरेन्स र हेल्मेट पाउन सक्ने तथा स्कुटर खरिदमा तेस्रो पक्ष बिमा र हेल्मेट पाइने जनाइएको छ । 

बजारमा हाल कम्पनीले टारो ब्रान्डका जीपी २ २००, जीपी १ २५० र जीपी १ ४०० गरी तीन मोडलका मोटरसाइकल बिक्री–वितरण गर्दै आएको छ, जसको मूल्य ५ लाख ५५ हजार रुपैयाँदेखि ९ लाख ५० हजार रुपैयाँसम्म पर्नेछ । साथै स्कुटरमा १५० सीसीका दुई मोडल इमोला १५० र एलेक्स १ टी९ १५० ईएफआई उपलब्ध गराउँदै आएको छ । यसको मूल्य क्रमशः ३ लाख ५५ हजार र ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

सिमित अवधिका लागि लागू गरिएको यस अफर टारोका नक्साल, टेकु, धोबिघाट, हेटौंडा, इटहरी र पोखरा रहेको शोरुमबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

Logo