‘मलाई जेल हाल’ भन्दै जेलबाहिर लाइन

‘मलाई जेल हाल’ भन्दै जेलबाहिर लाइन

केन्द्रबिन्दु
0
Shares

शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौठो दृश्य देखियो ।

जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोकामा देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ।

वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए । जसमा ११ सय ८४ कैदीले सजाय पाएका थिए भने अन्य विचाराधीन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएका मध्ये अधिकांश कैदीले अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन् ।

तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समयसिमा नै तोकेर १५ दिनभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो।

अदालतका आदेश अनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते थियो । त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात् चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरुको लस्कर लागेको हो । उनीहरु बिच को पहिला जाने भन्नेमा झगडा भएको इन्डिया टिभीले जनाएको छ ।

अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन् । यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेको भारतीय मिडियाहरूले जनाएका छन्  ।

Skip This
Skip This
Logo