यी हुन् २०२३ का शीर्ष १० अर्बपति [भिडियाेसहित]

यी हुन् २०२३ का शीर्ष १० अर्बपति [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

सन् २०२३ मा विश्वका दश सबैभन्दा धनाड्य व्यक्तिको सूचीमा अमेरिकाका मात्रै ७ जना छन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा यसअघि पहिलो नम्बरमा रहेका टेस्ला र ट्विटरका मालिक एलन मस्क धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा झरेका छन् भनेफ्रान्सका बर्नार्ड अर्नाल्ड र उनको परिवारसंसारकै धनी व्यक्तिको सूचीमा शीर्षमा पुगेको छ । 

फोर्ब्सका अनुसार विश्वका २५ धनी व्यक्तिको संयुक्त सम्पत्ति २.१ ट्रिलियन डलर पुगेको छ, जुन गत वर्षको तुलनामा २०० बिलियन डलरले घटेको छ । को-को छन् त शीर्ष दशमा ? कति छ सम्पत्ति ?

१. बर्नार्ड अर्नाल्ट र परिवार
फोर्ब्सले जारी गरेको वार्षिक अरबपतिहरूको सूचीमा फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ड र परिवार विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ७४ वर्षका आर्नल्ड फेसन तथा कस्मेटिक क्षेत्रका ‘बादशाह’ मानिन्छन् । उनको कुल सम्पत्ति २ सय ११ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सको दाबी छ । आर्नल्ड आबद्ध रहेको ‘एलभिएमएच’ अन्तर्गत विश्वभरमै चर्चित ७५ वटा फेसन तथा कस्मेटिक ब्रान्डछन् ।

२. एलन मस्क
फोर्ब्सले जारी गरेको अर्बपतिको वार्षिक सूचीमा टेस्ला र ट्विटरका मालिक एलन मस्क विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा झरेका छन् । मस्कको प्रविधि, अन्तरिक्ष, सामाजिक सञ्जाललगायतका विभिन्न क्षेत्रमा लगानी छ । अन्तरिक्ष सम्बन्धी काम गर्ने स्पेस एक्सदेखि विद्युतीय सवारी निर्माता टेस्ला, सामाजिक सञ्जाल ट्विटर, प्रविधि क्षेत्रमा न्युरोलिंकलगायतका विभिन्न कम्पनीहरू मस्कको स्वामित्वमा छन् ।

३.जेफ बेजोस 
अर्बपतिको वार्षिक सूचीकोतेस्रो स्थानमा अमेरिकाका जेफ बेजोस छन् । जेफ एक अमेरिकी उद्यमी, मिडिया प्रोप्राइटर, लगानीकर्ता र व्यावसायिक अन्तरिक्ष यात्री हुन्। उनी अमेजनका संस्थापक र कार्यकारी अध्यक्ष हुन् । ५९ वर्षका जेफको हालको सम्पत्ति ११४ बिलियन अमेरिकी डलर रहेको सूचीमा उल्लेख गरिएको छ ।

४.ल्यारी एलिसन
ओरेकलका अध्यक्ष ल्यारी एलिसन सूचिको चौथो स्थानमा छन् । यस वर्ष उनको सम्पत्ति बढेको छ । कम्पनीको लागि गरिएको नयाँ प्रयोगको परिणाम स्वरूप ओरेकलको सेयरमा १० प्रतिशतलेवृद्धि भएको छ। गत वर्ष ल्यारीले फ्लोरिडामा रहेका महँगा घरमध्ये१७३ मिलियन डलरको सबैभन्दा महंगो घर किनेका थिए। उनको पोर्टफोलियोमा रियल इस्टेटको मुनाफा पनि बढेको छ। ७५ वर्षिय अमेरिकी नागरिक एलिसनको कुल सम्पत्ति १०७ बिलियन डलरछ।

५. वारेन बफेट
पाचौं नम्बरमा रहेका अमेरिकी नागरिक वारेन बफेटसँग कुल सम्पत्ति १०६ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ । बफेट लगानी क्षेत्रका ‘बादशाह’ कहलिन्छन् । इतिहासकै सबैभन्दा सफल लगानीकर्तामध्येका वफेट हाल ९२ वर्ष पुगिसकेका छन् । उनी विश्वकै शीर्ष कम्पनीहरूको सेयरमा लगानी गरेरै अर्बपतिको सूचीमा पाँचौ स्थानमा रहन पुगेका हुन् । हाल उनी ‘ब्रेकसाइर हाथावे’ नामक कम्पनीका सीईओ तथा अध्यक्ष हुन् ।

६.बिल गेट्स
छैटौँ नम्बरमा रहेका बिल गेट्स सफ्टवेयर तथा टेक्नोलोजी क्षेत्रमा चिरपरिचित नाम हो । ६७वर्षका उनी हाल १०४ बिलियन अमेरिकी डलर सम्पत्तिकाधनी छन् । उनीमाइक्रोसफ्टका मालिक हुन् ।

७. माइकल ब्लुमबर्ग
अर्बपति सुचीको सातौँ नम्बरमा अमेरिकी नागरिक माइकल ब्लुमबर्गछन् । ९४.५ बिलियन अमेरिकी डलरको स्वामित्वसहित ब्लुमबर्ग यो स्थानमा छन् । ८१ वर्षीय माइकलले सञ्चार क्षेत्रमा लगानी गरेका छन् । 

८.कालोर्स स्लिम हेलु र परिवार 
आठौं स्थानमा भने मेक्सिकोका व्यापारी र उनको परिवार रहेको छ । ८३ वर्षका हेलु मेक्सिकोकै सबैभन्दा धनी व्यक्ति हुन् । उनी र उनको परिवारसँग ९३ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । हेलुको स्वामित्वमा ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो मोबाइल टेलिकम फर्म ‘अमेरिका मोभिल’को स्वामित्व छ ।

९.मुकेश अम्बानी
शीर्ष १० अर्बपतिहरुको सूचीको नवौं स्थानमा एक मात्र एसियाली मूलका व्यक्ति मुकेश अम्बानी अटाएका छन् । भारतका अम्बानीले फेरि ठूलो फड्को मार्दै विश्वका१० धनी व्यक्तिको सूचीमा आफ्नो नाम दर्ता गरेका छन् । मुकेश ८३.४ अर्ब डलरको सम्पत्तिसहित एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ६५ वर्षीय अम्बानी रिलाइन्स ग्रुपका मालिक हुन् । उनको कम्पनीले पेट्रोलियम पदार्थ, पेट्रोकेमिकल र ग्यास, टेलिकम र खुद्रालगायतका विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

१०.स्टिभ वाल्मर 
शीर्ष १० अर्बपतिहरुको सूचीको १० औँ स्थानमा अमेरिकी मूलकै ६७ वर्षीय स्टिभ वाल्मर छन् ।८०.७ बिलियन अमेरिकी डलरको स्वामित्वसहित उनी धनाढ्यको १० नम्बरमा अटाएका हुन् । वाल्मर सन् २००० देखि सन् २०१४ सम्म माइक्रोसफ्टको सीईओथिए । हाल उनको स्वामित्वमा अमेरिकी बास्केटबल टिम ‘लस एन्जलस क्लिपर्स’ छ ।

Skip This
Skip This
Logo