लेखराजको घरमा पुगेर प्रधानमन्त्री प्रचण्डले भने- आफ्नै घर सम्झेर आएँ

लेखराजको घरमा पुगेर प्रधानमन्त्री प्रचण्डले भने- आफ्नै घर सम्झेर आएँ

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् । 

कैलालीको  गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले उनीसँग राजनीतिकसहितका विषयमा कुराकानी गरेका हुन् । त्यहाँबाट बाहिरिने क्रममा उनले यो घर आफ्नै पनि हो भन्ने लागेर आएको प्रतिक्रिया दिएका छन् । सो घरसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको उनको भनाई थियो । 

‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो।’ उनले भने ।

Skip This
Skip This
Logo