राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई रास्वपाले निलम्बन गरेको हो।
पार्टीले तत्काल यस विषयमा छानबिन थालेको पनि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ उनले भने, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं ।कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’
आइतबार एक मिडियाले सार्वजनिक गरेको श्रेष्ठ र प्रसाईंबीच भएको अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको अडियोमा सुन्न सकिन्छ । जसमा प्रसाईंले पनि दुई करोड दिने ग्यारेन्टी गरेका छन् ।





























प्रतिक्रिया