चर्च ब्वाईज र एपिएफले अंक बाँडे

चर्च ब्वाईज र एपिएफले अंक बाँडे

केन्द्रबिन्दु
0
Shares

विभागीय टोली नेपाल एपिएफ फुटबल क्लव र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाईटेडले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बराबरी खेलेका छन् ।  

सातौं चरण अन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । नवप्रवेशी चर्च व्वाईज र एपिएफबीचको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । निर्धारित समयमा दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए । 

शुरुवातबाट आक्रामक रुपमा देखिएका दुवै टोलीले स्पष्ट जितको खोजिमा थिए । 
गोलका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेनन् । खेलको २४ औं मिनेटमा एपिएफका एडमा विडोमको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा एपिएफको अग्रता हुने अवसरलाई खेर गएको थियो । 

३५ औं मिनेटमा चर्च ब्वाइजका एरिक बिष्टको फ्रिकिक एपिएफका गोलकिपर युया कुरियामाले बचाउँदा ४३ औं मिनेटमा जोफेफ बेम्पाको प्रहार पोलमा लागेर फर्कियो ।

यसै सिजन बढुवा हुँदै लिगमा स्टार खेलाडीलाई अनुवन्ध गरेको चर्च ब्वाईजले दोस्रो हाफमा पनि सुनौला अवसर खेर फाल्न पुगेको थियो । ७४ औं मिनेटमा मणि लामाले प्रहार गरेको फ्रिकिकमा विदेशी खेलाडी एडमा विडोमले भेटाउन सकेनन् । 

यस बराबरीसँगै  चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । यस्तै एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।

Logo