रेष्टुरेण्टमा काम गर्ने मजदूरले बैशाख १ देखिको तलब पाउने

रेष्टुरेण्टमा काम गर्ने मजदूरले बैशाख १ देखिको तलब पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपाल (रेबान) मा आबद्ध मजदूरहरुले बैशाख १ गतेदेखिको तलब पाउने भएका छन् । रेबान तथा रेष्टुरेण्ट क्षेत्रमा क्रियाशिल ट्रेड युनियनन संघहरुबीच शुक्रबार भएको सम्झौता अनुसार बैशाख महिनादेखिको ४ हजार १०० रुपैयाँका दरले तलब पाउने भएका हुन् ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउन भएकै दिनदेखि सम्पूर्ण क्षेत्र लगायत रेष्टुरेण्टहरु पनि बन्द भएका थिए । तर मजदूरहरुले भने बैशाख १ गतेदेखिको मात्रै तलब पाउने भएका छन् । यो रेबान र ट्रेड युनियनसँग भएको सहमति पुस १६ गतेसम्म लागू हुने भएको छ । लकडाउनको अवस्था रहेसम्म प्रत्येक दुई दिन र लकडाउन खुलेपछि प्रत्येक ३० दिन काममा नबोलाइएमा चार दिनको दरले सम्झौताको अवधिभरि हुन आउने सञ्चित विदाबाट कट्टा गरिने रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

अहिलेसम्म रेबानसँग आबद्ध रेष्टुरेण्टमा काम गर्ने करिब ७० हजार भन्दा बढी श्रमिकहरु रहेका छन् ।

Skip This
Skip This
Logo