अमेरिकी डलरसहित विमानस्थलबाट ११ जना पक्राउ

अमेरिकी डलरसहित विमानस्थलबाट ११ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोएसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जना भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए । उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ । 

प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोएसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ । 

मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

Skip This
Skip This
Logo