महासंघकाे निर्वाचनमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? [भिडियाेसहित]

महासंघकाे निर्वाचनमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५७ औँ वार्षिक साधारणसभा काठमाडौँमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमकाबीच साधारणसभाको उद्घाटन गरेका हुन् । बुधबार सम्म चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको निर्वाचन समितिले सबै उम्मेदवारलाई मतदान अबधिमा कुनै पनि भड्किलो कार्य नगर्न निर्देशन दिएको छ । मतदान केन्द्र भित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानर टाँस्न र भड्किलो प्रदर्शन गर्न पाइने छैन।

मतदान गर्न जाँदा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा, सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लैजान निषेध गरिएको छ। मतदान गर्न जाँदा मुख्य प्रतिनिधि परिचयपत्रका साथै आफ्नो परिचय खुल्ने फोटोसहितको परिचयपत्र अनिवार्य रुपमा साथमा लैजानु पर्नेछ । 

मतगणनास्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेमा हल बाहिर पठाइने निर्वाचन समितिको कार्यालयले स्पष्ट पारेको छ । मतदान र मतगणना स्थलमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन-तीन जना प्रतिनिधि राख्न सक्नेछन् ।

 

जिल्ला–नगर तथा वस्तुगत संघ समूहकालागि १–१ वटा मतदान केन्द्र बनाइएको छ । यस्तै एसोसिएटका लागि ३ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

जिल्ला–नगर समूहका सबै पदकालागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रंगको मतपत्र र एसोसिएट समूहका सबै पदका लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र पहेँलो रंगको रहेको निर्वाचन समितिले जनाएको छ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने मतदान बुधबार बिहान ८ देखि अपराह्न ४ बजे सम्म चल्नेछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउनुपर्छ ।

विधान अनुसार ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको मतदान चैत ३० गते बिहान ११ बजेदेखि ५ बजे सम्म हुने महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo