तनहुँको आँबुखैरेनीबाट प्रहरीले लागुऔषध सहित एक जना युवकलाई पक्राउ गरेको छ। मुग्लिङ तर्फबाट आबुखैरेनी जाँदै गरेको ग.१ ख १९४६ नम्बरको बसलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो ।
पक्राउ पर्नेमा भिमाद नगरपालिका–९ बुच्चाखानी घर भएका २२ वर्षीय बिबश गुरुङ छन्। मंगलबार पक्राउ परेका गुरुको साथबाट ६७५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको प्रहरिले जनाएकाे छ ।





























प्रतिक्रिया