१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने बारको चेतावनी

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने बारको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एशोसिएशनले सरकारलाई प्रधानन्यायाधीश नयुक्ति गर्न १० दिनको अल्टिमेटम दिएको छ । 

बुधवार बार परिसरमा पत्रकार सम्मेलनमार्फत  १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधिश १० दिन भित्र नियुक्ति नगरे नेपाल बारले आन्दोलन शुरु गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन भएको नै १ वर्ष बढी बितिसकेको भन्दै अबको १० दिन भित्रमा प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन शुरु गर्ने चेतावनी दिए । 

उनले सर्वोच्च अदालतमा पनि अटोमेशन प्रणाली लागू गरेर पेशीको व्यवस्थापन नगरे आन्दोलन गर्ने बताए । उनले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालत लगायत न्यायालयलाई नै हेपेको आरोप लगाए । 

उनले न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार मुक्त बनाउने अभियानको फेहरिस्त दिनसमेत माग गरे । 

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कानून बमोजिम अविलम्व  प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे । उनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नु भनेको न्यायपालिकाको लागि शुभलक्षण नभएको बताए । 

उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथिको महाअभियोगको टुंगो चाँडो लगाउन पनि माग गरे । 

Skip This
Skip This
Logo