समुदायस्तरमै कोरोना फैलिएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

समुदायस्तरमै कोरोना फैलिएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि पर्साको वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि बिहान ५ बजेदेखि निशेधाज्ञा जारी गरिएको हो ।

संक्रमण फैलिन नदिन महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाएको छ । महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द गरिएको छ । त्यस्तै वीरगञ्जमा अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूर्णप्रतिबन्धगरिएको हो ।

सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ। त्यस्तै निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ ।

सरकारले अब संक्रमणको अवस्था हेरेर स्थानीयस्तरमा लक डाउन गर्ने जनाएको छ ।

Logo