‘उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्नसक्ने व्यक्ति महासंघको नेतृत्वमा चुनिनुपर्छ’

‘उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्नसक्ने व्यक्ति महासंघको नेतृत्वमा चुनिनुपर्छ’

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारणी समितिको निर्वाचन जारी छ । 

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी निर्वाचनमा देशभरबाट आएका उद्योगीव्यवसायी मतदाताले उत्साहजन रुपमा मतदान गरिरहेका छन् । उनीहरुले मुलुकको वर्तमान आर्थिक चुनौतीको सामना गर्न सक्ने तथा सबै व्यवसायीलाई समेट्न सक्नेसक्षमएवं सवल नेतृत्व आफूहरुको चाहना भएको बताएका छन् ।   

निर्वाचनका मतदान गर्न आएका व्यवसायी विश्वकुमार चन्दले उद्योग व्यवसायलाई स्वस्थ्य र सुदृढ बनाएरनिर्धक्क रुपमा चलाउन सक्ने वातावरण तयार गर्ने नेतृत्व महासंघमा आउनुपर्ने बताए । उनले भने- 'नेतृत्वलाई ठूलो चुनौती छ । चुनौतीलाई सामनागर्नु अवसर प्राप्त हुन्छ । निजीक्षेत्रलाई नेपाल सरकारले वेवास्ता गरेको छ ।सरकारसंग नङ्ग र मासुको सम्वन्धबनाएर व्यवसायीकामाग अघि वढाएर व्यवसायीलाई निर्धक रुपमाव्यवसायगर्ने वातावरण बनाइनु  पर्छ ।'

अर्का व्यवसायी दीपक शाहीले व्यवसायीको प्रतिनिधित्व गर्नसक्ने व्यक्तिलाई  नेतृत्वमा चयन गर्नुे पर्ने बताए । उनले पछिल्लो समय मिटर व्याजीको नाममाझै बैंकहरुबाट व्याजदर बढी लिइरहेको गुनासो गरे । उनले भने- 'जीवनस्तर उकास्ननयाँ नेतृत्वको आवश्यक छ । आर्थिक तरलतालाई निवारण गर्नु पर्छ । मिटर व्याजीहरु वहुउदेश्य संस्थाहरुले जनतालाई लुटिरेहका छन् । वैकहरुको ८ प्रतिशतव्याजदर थियो  । अहिले १८ प्रतिशतसम्म पु-याएका छन् । नेपालीहरुको जीवन स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नेपालका उत्पादनशील क्षेत्रहरु कमजोर स्थितिमा छन् । नेपालमै स्वरोजगार उत्पादनगर्न उधोग वाणिज्य महासंघले भूमिका निर्वाह गर्नुपर्छ ।'

त्यस्तै, अर्का व्यवसायी राजेन्द्र घिमिरेले सामान्य व्यवसायीलाई पहिचानमा राखेर त्यसको भविष्य देख्न सक्ने नेतृत्व आउनुपर्ने बताए । उनले भने- 'नेतृत्व चयन गर्दा समस्यालाई बुझन सक्ने हुनु पर्छ  । सामान्य व्यवसायीलाई पहिचानमा राखेर त्यसको भविष्य देख्न सक्ने नेतृत्व आउनुपर्छ ।'

व्यवसायी श्रुति शर्माले व्यवसायीहरुलाई व्यवसाय गर्ने आर्थिक स्थायीत्वका लागि सहजीकरणको भूमिका खेल्न सक्ने र महिला व्यवसायीलाई समेटेर अगाडि बढ्न सक्ने नेतृत्व आवश्यक भएको बताइन् । 

Logo