निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार बिहान १० बजेबाट निर्वाचन सुरु भएको मतदान कार्य साँझ ६ बजे सम्पन्न भएको थियो ।
मतदान सकिएर साँझ ८ बजेदेखि थालनी भएको सो निर्वाचनको मतपरिणाम भने आज मात्र सार्वजनिक हुने भएकाे छ । एकजना वरिष्ठ उपाध्यक्षसहित कुल ६४ पदका लागि भएको सो निर्वाचनमा देशभरका व्यवसायी सहभागी भएका थिए । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान सुरु गर्न नै ढिला भएका कारण साँझ ४ बजेसम्मको समय पुनः २ घण्टा थप गरिएको थियो ।
महासंघ निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार सो निर्वाचनमा कुल १ हजार ८ सय ९१ मतदाता रहेकोमा १ हजार ८ सय ८१ मत खसेको थियो । जसमध्ये वस्तुगततर्फको १ सय २३ अर्थात् शतप्रतिशत मत खसेको थियो ।
यसैगरी, १ सय १७ मत रहेको जिल्ला/नगरतर्फपनि शतप्रतिशत मत खसेको थियो । त्यसैगरी, १ हजार ७ सय ४८ मतदाता रहेको एसोसिएटतर्फबाट भने जम्मा १ हजार ६ सय ४१ मत खसेको थियो ।
आगामी नयाँ नेतृत्व चयन गर्न सम्पन्न सो निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जनकुमार श्रेष्ठ र रामचन्द्र संघईको समूह चुनावी मैदानमा उत्रिएका छन्।





























प्रतिक्रिया