फोहर फाल्ने बढेपछि कामपाले थाल्यो रात्रिकालीन अनुगमन

फोहर फाल्ने बढेपछि कामपाले थाल्यो रात्रिकालीन अनुगमन

केन्द्रबिन्दु
0
Shares

सार्वजनिक स्थानमा फोहर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ।

यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ। जथाभावी फोहर फालेको भन्दै कामपाले गत साता जरिवाना स्वरूप रु १५ हजार असुलेको छ।

बिहीबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो।

जरिवाना असुल गरी उक्त गाडीलाई फोहर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। दुई हप्ताअघि पनि कामपाले तोकिएको स्थान भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप रु १२ हजार जरिवाना असुल गरेको थियो ।

वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ ।

Skip This
Skip This
Logo