काठमाडौं ।
सोमबार रातिदेखि मनसुन फेरि सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज र भोलि थोरै पानी पर्न सक्नेछ ।
सोमबार रातिदेखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।
सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने भएकाले पानी पर्ने सम्भावना पनि धेरै छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले केही दिन कम पानी परेको हो।
आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्न सक्ने बताइएको छ ।































प्रतिक्रिया