शेखर-गगन समूहको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तार हुने संकेत

शेखर-गगन समूहको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तार हुने संकेत

केन्द्रबिन्दु
0
Shares

सरकारले वर्षको अन्तिम दिन पूर्णता पाउने संकेत गरेको छ।मन्त्रिपरिषद् विस्तारका लागि काँग्रेसको संस्थापन इतरपक्ष यतिबेला बालुवाटारमा छलफल गरीरहेका छन्।

बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा भइरहेको छलफलमा संस्थापन इतर समूहका महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेका छन्। सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम मागेपछि सो समूह नाम टुङ्गयाउन छलफलमा कस्सिएको हो।

गठबन्धनको भागबण्डा अनुसार काँग्रेसको भागमा परेको ८ मन्त्रालयमध्ये सभापति देउवाले यसअघि पूर्णबहादुर खड्का, प्रकाशशरण महत, सीता गुरूङ र रमेश रिजालगरी ४ जनालाई मन्त्री बनाइसकेका छन्।

शेखर समूहले ३ मन्त्रालय आफूहरुलाई पाउनुपर्ने भन्दै साँतौ पटकको मन्त्रिपरिषद् विस्तारमा असन्तृष्ट हुँदै नाम नदिँदा देउवाले आफूपक्षिय सांसद्‍हरुलाई मात्र मन्त्रिपरिषद‍मा सहभागी गराएका थिए।

Skip This
Skip This
Logo