नेपाल उद्योग वाणिज्य महासंघको मतगणना जारी छ। महासंघ निर्वाचन समितिले वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएटतर्फ मतगणना गरिसकेको छ ।
एसोसिएटतर्फबाट १६ सय ३० मतगणना भएको छ भने ८ मत बदर भएको थियो। महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।
बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन्। मत परिणाम अनुसार रामचन्द्र सघंईले ६१३ मत, अन्जन श्रेष्ठल५७३ र उमेशलाल श्रेष्ठले ४२६ मत पाएका छन्। महासंघ निर्वाचन मुख्य अधिकृत लिलाणी पौडलका अनुसार हाल जिल्ला नगरतर्फको मतगणना सुरु भएको छ।































प्रतिक्रिया