नेपाली बजारमा सुनचाँदीकाे मूल्य स्थिर

नेपाली बजारमा सुनचाँदीकाे मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ। यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबेच भएको थियो। 

बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीकाे कारोबार सोही मूल्यमा  भएको थियो । 

Logo