दोस्रो चरणमा धकेलियो एफएनसीसीआईको निर्वाचन, संघई बाहिरिए

दोस्रो चरणमा धकेलियो एफएनसीसीआईको निर्वाचन, संघई बाहिरिए

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । सम्पन्न मतगणनामा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । 

अब दोस्रो चरणमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र संघई भने बाहिरिएका छन् । अन्तिम मतपरिणाममा वरिष्ठ उपाध्यक्षका प्रत्यासीहरु संघईले ३०.४६ प्रतिशत, अन्जनले ३७.९९ प्रतिशत मत र उमेशलालले ३१.५१ प्रतिशत मत प्राप्त गरेका छन् ।

महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । 

वस्तुगततर्फ कुल १२३ मत खसेको थियो । जसमा सघंईले १२ मत, अन्जनले ४१ मत र उमेशलालले ६९ मत पाएका छन् । एक मत बदर भएको छ । त्यसैगरी एसोसिएटतर्फ कुल मतगणना भइसक्दा संघईले ६१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । ‍दोस्रो स्थानमा रहेका श्रेष्ठले ५७३ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलालले ४२६ मत प्राप्त गरेका छन् । त्यस्तै, जिल्ला नगरतर्फ अन्जनले ४७, रामचन्द्रले ३९ र उमेशले २८ मत पाए ।

Skip This
Skip This
Logo