नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को दोस्रो चरणको मतदान हुने निश्चित भएको छ । बिहीबार सम्पन्न पहिलो चरणको मतगणनामा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
दोस्रो चरणको निर्वाचनका लागि साढे २ बजे मतदान सुरु हुने मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए । दोस्रो चरणमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र संघाई भने बाहिरिएका छन् ।
वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । जसमा वरिष्ठ उपाध्यक्षका प्रत्यासीहरु संघईले ३०.४६ प्रतिशत, अन्जनले ३७.९९ प्रतिशत मत र उमेशलालले ३१.५१ प्रतिशत मत प्राप्त गरेका छन् ।





























प्रतिक्रिया