बैतडी जिप दुर्घटना: फरार चालक पक्राउ

बैतडी जिप दुर्घटना: फरार चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ। मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेक मोडमा से१ज ७६४ नं को जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 
 
दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका थिए ।
 
दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्तले बुधबार आन्दोलन गरेका थिए। उनीहरूले चालक, साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गरेका थिए ।

केदारस्युँ गाउँपालिका क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको प्रहरीले जनाएको छ। भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका थिए ।   
 

Skip This
Skip This
Logo