माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

केन्द्रबिन्दु
0
Shares

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ।

यो सेवा सुचारु भएसंगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

साथै रेमिट्याप वालेट मार्फत बिभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । 

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सीयल स्वीचमार्फत कारोवारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीको दाबी छ । 

Skip This
Skip This
Logo