मिस मगर इन्टरनेश्नलको घोषणा, भाग लिन यस्ता छन् शर्तहरु

मिस मगर इन्टरनेश्नलको घोषणा, भाग लिन यस्ता छन् शर्तहरु

केन्द्रबिन्दु
0
Shares

मिस मगर इन्टरनेश्नल सिजन -१ को फर्म खुलेको छ । राजधानीमा आयोजित प्रेस मिटमार्फत मिस मगर इन्टरनेश्नल सिजन -१ को फर्म खुलेको औपचारिक जानकारी दिइएकाे हाे । 

देशभरबाट मिस मगर इन्टरनेश्नलमा भाग लिन वेवसाइट तथा सामाजिक सञ्जालमार्फत आवेदन दिन सकिनेछ । २०८० बैशाख २३ गते प्रतियोगीहरुको छनौट हुनेछ भने जेठ २० गते फाइनल कार्यक्रम हुनेछ ।

आयोजक सुनगाभा नेपालले मिस मगर इन्टरनेश्नलमा भाग लिन केही शर्तहरु राखेको छ । जसअनुसार यस प्रतियोगितामा १८ वर्षदेखी २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीहरुले भाग लिन सक्नेछन् । न्यूनतम ५ फिट् १ इन्च उचाई हुनुपर्नेछ । फर्मका लागि ३ हजार रुपैंयाँ शुल्क तोकिएको छ । ३० प्रतिशत भोटिङ र ३५ प्रतिशत निर्णायक र ३५ प्रतिशत ट्यालेन्टका आधारमा उत्कृष्ट प्रतियोगिहरुको छनौट गरिने आयोजकले जनाएको छ ।

मिस मगर इन्टरनेश्नलको विजेतालाई ४ लाख रुपैंयाँ नगद र आधा तोला सुन, यसैगरी फर्स्ट रनर अपलाई ३ लाख रुपैंयाँ र १ तोला चाँदी, सेकेन्ड रनर अपलाई २ लाख चाँदी, थर्ड रनर अपलाई १ लाख रुपैंयाँ र १ तोला चाँदी र चौथो हुनेलाई ५० हजार रुपैंयाँ र १ तोला चाँदी पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले बताएको छ । 

नायक, गायक, डान्सर रमेशबाबु थापामगरले हराउँदै गएको मगर भाषा, संस्कृति, वेशभूषा, परम्परालाई चिनाउन मिस मगर इन्टरनेश्नल कार्यक्रमको आयोजना गरिएको बताए । 

यस्तै, सुनगाभा नेपालका अध्यक्ष थमप्रकास पुनले मगर जातीको जनसंख्या नेपालमै तेस्रो ठूलो रहेकोले आफ्नो भाषा, रहनसहन, धर्म, संस्कार, खानपानलाई संसारमै चिनाउन लागि पर्ने बताए । ‘यो कार्यक्रमलाई हामीले सफल बनायौं भने पछिको पुस्ताले पनि यसलाई अंगाल्नेछ ।’ अध्यक्ष पुनले बताए ।

कार्यक्रममा नेपाल महिला मगर संघकी अध्यक्ष हिरु रानामगरले नेपालमा मगरको संख्या ठूलो रहेकोले मिस मगर इन्टरनेश्नलले लुकेर रहेका, राम्रा र क्षमतावान प्रतिभाहरु बाहिर ल्याउँन पहल गरोस् भन्ने शुझकामना व्यक्त गरिन् । ‘यो कार्यत्रमको आयोजनाले देश विदेशमा रहेका मगरलाई खुसी तुल्याएको छ ।’ उनले भनिन्, ‘लुकेर रहेका प्रतिभाहरुले मिस मगर इन्टरनेश्नलमार्फत उदाहरणिय काम गर्नेमा म विश्वस्त छु ।’

मिस मगर इन्टरनेश्नल सिजन १ सूरु हुन लागेकोमा यस कार्यक्रमकी कोरियोग्राफर, होस्ट, मोडल तथा मिस मंगोल सन् २०१२ कि विजेता सपना रोक्काले खुसी व्यक्त गरिन् । विभिन्न विज्ञापनदाता, प्रायोजकहरुलाई सहकार्य गर्नका लागि बाटो खुला रहेको आयोजक सुनगाभा नेपालले बताएको छ ।

Logo