नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा बिहीबार दिउँसो २ बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने भएको छ।
पहिलो चरणको निर्वाचनका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनको समय सार्वजनिक गरिएको हो।
वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ ।
जसमा वरिष्ठ उपाध्यक्षका प्रत्यासीहरु संघईले ३०.४६ प्रतिशत, अन्जनले ३७.९९ प्रतिशत मत र उमेशलालले ३१.५१ प्रतिशत मत प्राप्त गरेका छन् ।
सबैभन्दा कम मत पाउने संघई पहिलो चरणबाट बाहिरिएका छन् भने अब हुने दोश्रो चरणको चुनावमा अन्जन श्रेष्ठ र उमेशलाल भिड्दै छन् ।
दोस्रो चरणमा हुने निर्वाचनमा पहिलो चरणबाट रिङ्ग आउट भएका संघईको भोट निर्णयक हुनेछ । उनले प्राप्त गरेको मत जुन उम्मेदवारलाई जान्छ उही विजय हुने सम्भावना रहेकाे छ।





























प्रतिक्रिया