दबाब दिएर पद पाउने प्रणालीको अन्त्य गर्नुपर्छ – प्रधानमन्त्री प्रचण्ड

दबाब दिएर पद पाउने प्रणालीको अन्त्य गर्नुपर्छ – प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा माओवादी केन्द्रले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए ।

उनले नेतृत्वलाई दबाब दिएर पद पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए । पार्टी जनतामा नजानु भनेको नेताहरूको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको उनले बताए ।   प्रधानमन्त्री दाहालले कार्यकर्ताको मन जित्ने मानिस नै नेता बन्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । 

Skip This
Skip This
Logo