टेलिभिजन सिरिजमा आउँदै ह्यारी पोटर

टेलिभिजन सिरिजमा आउँदै ह्यारी पोटर

केन्द्रबिन्दु
0
Shares

लेखिका जेके रोलिङको विश्वकै चर्चित पुस्तक ‘द ह्यारी पोटर’को नयाँ टेलिभिजन सिरिज नयाँ कलाकारका साथ दर्शकमाझ आउने भएको छ। आगामी एक दशकमा निर्माण गरिने यो सिरिजको प्रत्येक सिजन सात पुस्तकमध्ये एकमा आधारित हुनेछ ।

पुस्तक ‘द ह्यारी पोटर’ विश्वभर सर्वाधिक बिक्री भएका पुस्तकमा पर्दछ । पुस्तक विश्वव्यापी रुपमा ६ सय मिलियन प्रति बिक्री भएको थियो । यो पुस्तकमा आधारि रहेर फिल्म पनि बनिसकेको छ । जसमा अभिनेता डेनियल रेडक्लिफले हेरी पोटरको चरित्र निर्वाह गरेका छन् ।

‘सिरिजले नयाँ कलाकार र नयाँ पुस्ताको फ्यानडमलाई फिचर गर्नेछ । सिरिजमा आकर्षक विवरण, रुचाइएका कलाकार र नाटकीय लोकेसन हुनेछन् । ह्यारी पोटरका फ्यानले २५ वर्षदेखि मनपराइरहेको विषयलाई सिरिजमा राखिनेछ’ वार्नर ब्रोस डिस्कभरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

लेखिका रोलिङलाई कार्यकारी निर्माता दिइने सिरिजका प्रत्येक सिजनले पुस्तकको आधिकारिक कथालाई प्रस्तुत गर्नेछ ।

Logo