‘मैले ढाँट्न मिल्दैन, पार्टी संकटमा परेकै हो’ : प्रचण्ड (भिडियोसहित)

‘मैले ढाँट्न मिल्दैन, पार्टी संकटमा परेकै हो’ : प्रचण्ड (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा नेकपा एमाले दर्ता गरिएको आरोप लगाएका छन् । शुक्रबार नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो आरोप लगाएका हुन् ।

दाहालले स्थायी कमिटी बैठक चलिरहेकै बेला ओलीको सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अगाडि बढाइएको आरोप लगाए । कार्यकारी अध्यक्ष प्रचण्डले भने–‘बैठक चलिरहेको छ, अर्का अध्यक्ष समेतको सक्रियतामा नेकपा एमाले दर्ता गरियो ।’

त्यस्तै प्रचण्डले प्रधानमन्त्री ओलीकै निर्देशनमा देशभर जुलुस निकालिएको समेत आरोप लगाए । प्रचण्डले भने–‘देशभरबाट साथीहरुले हामी के गर्ने भनेर सोध्छन् । मैले धैर्य गर्नुहोस् भनेको छु । हामी एकताको पक्षमा उभिने हो । जुलुस निकाल्ने होइन । मैले ढाँट्न मिल्दैन, पार्टी संकटमा परेकै हो ।’

प्रचण्डले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताए।

अध्यक्ष दाहालले पार्टीभित्रको विवाद बाहिर पदका निम्ति पो हो कि भन्ने देखिएको भए सच्याउनु पर्ने बताए। उनले भने, “समाजवादी अर्थतन्त्र कस्तो हुने, समाजवादी राजनीतिक कस्तो हुने भन्ने बहस हो । यो यही नै बहस हो भनेर आम कार्यकर्तामा लैजान सक्नु पर्दथ्यो त्यो सकिएको छैन ।” भिडियोमा :

 

Skip This
Skip This
Logo