नेपालको ओमानविरुद्ध उत्कृष्ट बलिङ

नेपालको ओमानविरुद्ध उत्कृष्ट बलिङ

केन्द्रबिन्दु
0
Shares

नेपालले अभ्यास खेलमा ओमानविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनाएको छ ।

ओमानका शोएब खान २८ र अदिल शफिक क्रिजमा छन् । ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले पहिलो विकेटका लागि १०.३ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर किशोर महतोको बलमा डीप स्क्वायर लेगमा जतिन्दर देव खनालबाट क्याच आउट भए ।

 प्रतिश जि.सीले अर्को ओभरमा शोएब खानलाई एक रनमा बोल्ड आउट गरे । १५ औँ ओभरमा किशोरले कश्यापलाई २० रनमा क्याच गराए । बायाँ हाते स्पिनर सूर्य तामाङले २५ औँ ओभरमा मोहम्मद नदीमलाई ९ रनमा एलबीडब्लू आउट गरेका छन् ।

Skip This
Skip This
Logo