ओमानविरुद्ध नेपालकाे सहज जित, तीन खेलाडीकाे अर्धशतक

ओमानविरुद्ध नेपालकाे सहज जित, तीन खेलाडीकाे अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालले अभ्यास खेलमा ओमानविरुद्ध सहज जित हात पारेको छ । नेपालले शनिबार टियु मैदानमा ओमानमाथि ५ विकेटकाे जित निकालेकाे हाे । 

ओमानले दिएको २४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा अर्जुन साउद, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसींह ऐरीले अर्धशतक प्रहार गरे । अर्जुनले ६७ रन, दीपेन्द्रसींहले ५९ रन र रोहितले ५६ रनमा आउट भए । 

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित ५० ओभरमा  ९ विकेटको क्षतिमा २४५ रन बनाएको थियो । आजको खेलमा नेपालका तर्फबाट प्राय शिर्ष खेलाडीहरुले खेलेका थिएनन् । मध्यक्रम ब्याटिङ र तीव्र गतिका बलरलाई बढी मौका दिएकाे थियाे ।

प्रिमियर कप अघि यी दुवै टोलीले अभ्यास खेल खेलेका हुन् । यो खेलले कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म टियु र मुलपानी मैदानमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । साथै नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा, वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा, वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ । 

समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । 

Skip This
Skip This
Logo