रौतहटमा गोली चलाउने १६ जना पक्राउ

रौतहटमा गोली चलाउने १६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहटको गढीमाई नगरपालिका–८ मा गोली चलाउने घटनामा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सडक विस्तारका क्रममा भएको विवादमा शनिवार दिउँसो गोली चलेको थियो । गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको निधन भएको छ भने निरन्जन राय यादव, प्रताप यादवसहित अन्य दुई घाइते भएका छन् । उनीहरुको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

घटनामा पक्राउ पर्ने लालबाबु यादव, रामसेवक राय, मिथलेख यादव, दिनेश यादव, बच्चा गिरी, विनेश यादव, प्रदीप यादव,  श्याम यादव, उमेश यादव लगायत रहेका छन् ।

घटना नियन्त्रण गर्न प्रहरीले शनिवार ठुलो संख्यामा प्रहरी परीचालन गरेको थियो। प्रहरीका अनुसार धोबिनियास्थित सडक चौडा गर्ने क्रममा स्थानीय रामइश्वर राय यादव र राजकुमार यादवबीच  विवाद भएको थियो। दुई पक्षबीचको विवाद झडपमा बदलिएको थियो । झडपमा रामइश्वर पक्षले गोली चलाएको प्रहरीको भनाइ छ ।   

Skip This
Skip This
Logo