हाजिर गरेर टाप कस्ने सांसदहरुको संख्या बढेकाे सांसद ढकालकाे गुनासाे

हाजिर गरेर टाप कस्ने सांसदहरुको संख्या बढेकाे सांसद ढकालकाे गुनासाे

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सदनमा हाजिर गरेर घर जाने प्रवृत्ति बढ्दै गएको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले बिहान हाजिरमा १६२ जना भएपनि बेल्का ६१ जनामात्र भएको भन्दै बैठक सकिएपछि पनि हाजिर गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन् । उनले आफूले बैठक सकिएपछि मात्र हाजिर गर्ने घोषणा गर्दै सदन जस्तो स्थानमा पनि यस्तो हुने हो भने यसले जनता र समाजमा नकारात्मक प्रभाव पर्ने बताए । 

उनले भने ‘संसदको एउटा बैठक सञ्चालनगर्न लाखौं रुपैयाँखर्च हुन्छ, यहाँ नीति बसाल्ने बहसहरु चल्छ ।बैठकमा बिहानहाजिर गर्नेको संख्या १६२ जना हुनुहुन्थयो भने बेलुकाजम्मा ६१ जनामात्र, गजबलाग्यो । यसलाई चलन चल्तीको भाषामा हाजिर गरेर टाप कस्ने भनिन्छ । यसलाई हाटा भन्दो रहेछ सदनमा यस्तो नचले हुन्थ्यो भन्ने मेरो आग्रह । सदनमा पनि यस्तो भयो भने यसले समाजमा कस्तो सन्देश जान्छ होलाहामीले फेरि लोकतन्त्र, संसदीय गरिमा, मर्यादाका भाषणहरु यहाँबाट निस्किएर बाहिर गएर गर्दा के सन्देश जान्छ ।’

सांसद ढकालले विधेयक पेश गर्ने समयमा सदनमा २ पटकसम्म पनि गणकको संख्या नपुगेर समस्याहरु देखिएको हुनाले यस्तो प्रवृत्तिलाई हटाउनु पर्ने बताए । 

Skip This
Skip This
Logo