काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा नेकपा एमाले दर्ता गरिएको आरोप लगाएका छन् । शुक्रबार नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो आरोप लगाएका हुन् ।
दाहालले स्थायी कमिटी बैठक चलिरहेकै बेला ओलीको सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अगाडि बढाइएको आरोप लगाए । कार्यकारी अध्यक्ष प्रचण्डले भने–‘बैठक चलिरहेको छ, अर्का अध्यक्ष समेतको सक्रियतामा नेकपा एमाले दर्ता गरियो ।’
त्यस्तै प्रचण्डले प्रधानमन्त्री ओलीकै निर्देशनमा देशभर जुलुस निकालिएको समेत आरोप लगाए । प्रचण्डले भने–‘देशभरबाट साथीहरुले हामी के गर्ने भनेर सोध्छन् । मैले धैर्य गर्नुहोस् भनेको छु । हामी एकताको पक्षमा उभिने हो । जुलुस निकाल्ने होइन् ।’































प्रतिक्रिया