आगामी वैशाख १० गते हुने उपचुनावमा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराई हाल घरदैलो कार्यक्रममा व्यस्त छन् । उनैलाई सघाउन मोरङका कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको नेतृत्वमा एक टोली तनहुँ पुगेको छ ।
उनीहरु तनहुँका विभिन्न चुनावी कार्यक्रममा सहभागि भएका छन् ।
सो घरदैलो कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले तनहुँको माटोमै हुर्किएर भिजेको र दुःख सुखमा साथ दिएको मानिस गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन् । तनहुँले जिताए भट्टराई यस क्षेत्रको मन्त्री बन्ने पक्का भएको र जनताको सेवामा काम गर्ने उनले दावीसमेत गरे ।
साथै उम्मेदवार गोविन्द भट्टराईले पदमै नरहेर पनि जिल्लाका विभिन्न क्षेत्रका विकासका काममा खटिरहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । उक्त क्षेत्रमा माटो नै नचिनेका व्यक्तिहरु उम्मेदवारका रुपमा आएका भन्दै उनले उनीहरु जितेर गए विकासका सवालमा पछि पर्ने पनि उनले बताए ।
तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । भट्टराई सत्ता गठबन्धनका साझा उम्मेदवार पनि हुन् ।































प्रतिक्रिया