१० दलको समर्थनमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता ६ पटकसम्म मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरिसकेका छन् । पुष ११ गते नै उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।
गठबन्धनका दलबीच सरकार छाड्ने र भित्रिने क्रम जारी रहेपछि सरकार भ्यागुताको धार्नी बनेको छ। अझै५ मन्त्रालय नेतृत्वविहीन छन्। सत्तागठबन्धनमा दलहरु अदलबदल भइरहेपछि दाहालले दुई पटक विश्वासको मत लिनु प-यो ।
यसैबीच प्रधानमन्त्री दाहालले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । र त्यो पनि अपूर्ण । प्रधानमन्त्री दाहाल वैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएपछि कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
पुस महिना यताको आफ्नो कार्यकालमा ६ पटक मन्त्रिमण्डल विस्तार र पुनर्गठन गरेका प्रधानमन्त्री प्रचण्डले आइतबारको विस्तारमा पनि पूर्णता भने दिन सकेनन् ।
कांग्रेसकाएनपी साउदले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्दा कानुन, न्याय तथा संसदीय मामिला,खानेपानी,वन तथा वातावरण , युवा तथा खेलकुदर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालय भने नेतृत्वविहीन छ ।
प्रधानमन्त्रीले भारत भ्रमणमा जानु अगाडि अन्य मन्त्रालय थाति राखेर भएपनि परराष्ट्र मन्त्रीलाई शपथ गराएका हुन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए।
आइतबार प्रधानमन्त्रीको काँधबाट परराष्ट्रमन्त्रालयको कार्यभार हटेपनि अझै पनि पाँच ओटा मन्त्रालय उनले आफुसँगै राख्नुपरेको छ । यसअघि चैत्र १७ मा उनले मन्त्रीपरिषद् विस्तार गरेका थिए ।
सो बेला आन्तरिक विवादका कारण कांग्रेसले नाम नदिएपछि मन्त्रिवरिषद्ले पूर्णता पाउन सकेको थिएन । अझैएकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने थप एक मन्त्रालय मागेर प्रधानमन्त्रीलाई अफ्ठ्यारो बनाइरहेका छन्।
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा शनिबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका थिए। तर, एकीकृत समाजवादीले थप एक मन्त्रालयमाथिको अडान नछाडेपछि बैठक निष्कर्षविहीन बन्यो। उक्त पार्टीबाट दुई जना मन्त्री छन् ।
सत्तारुढ दलहरूका आन्तरिक किचलोले गर्दा पनि सरकारले पूर्णता नपाएको देखिन्छ।
ती दलले भागबण्डा अनुसार आफ्ना पार्टीका प्रतिनिधिका नाम प्रधानमन्त्री दाहाललाई उपलब्ध गराउन सकेनन् । जसकारण कतिपय मन्त्रालयको जिम्मेवारी टुङ्गो लागेको छैन।
कुन-कुन समयमा को-को मन्त्री भए ?
२०७९ पुष ११
पुष्पकमल दाहालः प्रधानमन्त्री
१.विष्णु पौडेलः उपप्रधानतथा अर्थ
२.नारायणकाजीश्रेष्ठःउपप्रधान तथा भौतिक पूर्वाधार
३.रवि लामिछानेःउपप्रधान तथा गृह
४.ज्वालाकुमारी शाहःकृषि तथा पशुपन्छि
५.दामोदर भण्डारीःउद्योग, वाणिज्य तथा आपूर्ति
६. राजेन्द्रकुमार राईः भूमिसुधार
७. अब्दुल खानः खानेपानी
२०७९ माघ ३
मन्त्री
१. राजेन्द्रप्रसाद लिङ्देनःउपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ
२. विमला राईपौडेलः परराष्ट्र
३. विक्रम पाण्डेः सहरी विकास
४. रेखा शर्माःसञ्चार तथा सूचना प्रविधि
५. ध्रुुवबहादुर प्रधानःकानुन, न्याय तथा संसदीय मामिलामन्त्री
६. पदम गिरीः स्वास्थ्य तथा जनसंख्या
७.भगवती चौधरीःमहिला बालबालिका तथा ज्येष्ठ नागरिक
८.हरि उप्रेतीःरक्षा
९. सुदन किराँतीःसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१०.अमनलाल मोदीःसंघीय मामिला तथा सामान्य प्रशासन
११.शिशिर खनालःविज्ञान तथा प्रविधि
१२. डिपी अर्याल: श्रम, रोजगार तथा सामाजिक सुरक्षा
राज्यमन्त्री
१३.डा. तोसिमा कार्कीःस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
१४. सुशीला श्रीपालीः संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री
१५. दीपकबहादुर सिंहः ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री
माघ १४
प्रधानमन्त्री पुष्पकमल दाहालः गृह मन्त्री
माघ २३
प्रधानमन्त्री पुष्पकमल दाहालः शिक्षा तथा श्रम, रोजगार तथा सामाजिक
फागुन १४
प्रधानमन्त्री पुष्पकमल दाहालः उर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानुन मन्त्रालय
फागुन १६
प्रधानमन्त्री पुष्पकमल दाहालः अर्थ, कृषि,उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण,परराष्ट्र,स्वास्थ्य,महिला बालबालिका तथा ज्येष्ठ नागरिक र रक्षा
चैत्र १७
१. पूर्णबहादुर खड्काःउपप्रधान तथा रक्षा
२. डा. बेदुराम भुसालःकृषि तथा पशुपन्छी
३. अशोक राईःशिक्षा, विज्ञान तथा प्रविधि
४. शरदसिंह भण्डारीःश्रम, रोजगार तथा सामाजिक सुुरक्षा
५. डा. प्रकाशसरण महतःअर्थ
६. महिन्द्र राययादवःमहिला बालबालिका तथा ज्येष्ठ नागरिक
७. शक्ति बस्नेतःऊजा, जलस्रोत तथा सिँचाइ
८.प्रकाश ज्वालाः भौतिक पूर्वाधार तथा यातायात
९. रञ्जिता श्रेष्ठः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०. रमेश रिजालः उद्योग, वाणिज्य तथा आपूर्ति
११. सिता गुरुङः सहरी विकास
२०८० वैशाख ३
१. एनपी साउदःपरराष्ट्र































प्रतिक्रिया